दफा ४७
गैर नाफामूलक हुने
: (१) यो ऐन प्रारम्भ भएको मितिले दश वर्षपछि नेपाल राज्यभित्र सञ्चालित चिकित्सा सम्बन्धी शिक्षण संस्था क्रमशः गैर नाफामूलक र सेवामूलक संस्थाका रुपमा रहनेछन्।
(२) उपदफा (१) बमोजिमका गैर नाफामूलक शिक्षण संस्थाका सम्बन्धमा सम्वन्धित शिक्षण संस्थाले सरकारलाई सम्पत्ति हस्तान्तरण गर्न चाहेमा सरकारले उचित मुआब्जा दिई स्वामित्व ग्रहण गर्न सक्नेछ।
(३) उपदफा (१) र (२) बमोजिमको आवश्यक प्रक्रिया र स्वरुप तोकिए बमोजिम हुनेछ।